गणेश नेपाली घटनाको २४ घण्टा नबित्दै सर्लाहीका अर्का युवाको आत्मदाह प्रयास

1.1k
Shares

काठमाडौं । गणेश नेपाली घटनाको २४ घण्टा बित्न नपाउँदै अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन् ।

सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका हुन् ।

रास्वपा सांसद अमरेशकुमार सिंहले गोडैता नगरपालिका १० मा बस्ने ३५ बर्षका विबेक मण्डलले आफुमाथी पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको उल्लेख गरेका छन् ।

निजको अवस्था नाजुक रहेकोले प्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापतिलाई जानकारी गराएको र उद्धारको काम पनि भइरहेको सिंहले उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।