पोखरा र समृद्धि फाइनान्सबीच मर्जर, शुक्रबारदेखि एकीकृत कारोबार सुरू हुने


काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिएर आगामी शुक्रबारदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आगामी असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सुरू हुने जानकारी दिएको हो ।

दुवै संस्थाको सञ्चालक समितिको निर्णय र नियामक निकायको स्वीकृति पश्चात् अब यी दुई संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा सञ्चालन हुनेछन् ।

मर्जर पश्चात् साविकका दुवै संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्था (पोखरा फाइनान्स लिमिटेड) मा सर्ने सूचनामा उल्लेख छ ।

दुवै संस्थाबाट हुँदै आएका सम्पूर्ण वित्तीय कारोबारहरू अब असार २६ गतेदेखि एकीकृत रूपमा सञ्चालन हुनेछन् ।