सबल संस्थाले बढी सेयर धितो कर्जा लिन पाउने गरी राष्ट्र बैंकले गर्‍यो नयाँ उद्घोष

182
Shares

काठमाडौं । अबदेखि संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने जनाएको हो ।

‘संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने हुने गरी विशेष नीतिगत व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

सुरूमा मार्जिनक प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेमा त्यसयता समयक्रममा ८/१२ करोड, १५/२० करो, १५ करोड जस्ता सीमा लाग्दै आएको थियो । अब भने संस्था बलियो भए धेरै र कमजोर भएर सेयर धितो राखेर कम कर्जा पाउने व्यवस्था गर्न लागिएको हो ।