सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन


काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भने,’देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए-गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु ।’