९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार ९ सय रुपैयाँले घटेको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएकोमा सोमबार २० रुपैयाँ प्रतितोलाले घटेको हो ।