४.२२ अंकले बढेर नेप्सेले २०७४लाई विदाई गर्यो




काठमाडौं । २०७४ सालको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ४.२२ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा १२७७.५५ विदुमा अडेको हो ।

नेप्सेका अनुसार बिहीबार १ सय ६५ कम्पनीका सेयर खरिद बिक्री भएका छन् । १३ लाख २९ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३० लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समूह १९.५८, विकास बैंक समूह ११.४१, जलविद्युत समूह ०.६७, बीमा समूह ७९.८७, उत्पादन मूलक समूह ३८.७४, अन्य समूह ४.०२ र माइक्रोफाइनान्स समूह १०.७१ अंकले बढेका छन् ।

बैंकिङ समूह १.१२ र वित्तीय समूह ५.०६ अंकले घटेका छन् ।

प्रिमियर इन्स्योरेन्सका लागानीकर्ताले ६.७४ अंकले कमाएका छन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमोटरका लगानीकर्ताले ९.९२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु