घट्यो सुनको मूल्य, कति छ मूल्य ?


काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाली बजारमा आइतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार सामान्य घटेको हो ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँ छ । शुक्रबार ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार भने घटेको हो ।