प्रधानमन्त्री बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, को-को बने ?

0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन शाहले शुक्रबार मुलुकका सातवटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन् ।

खुला प्रतिस्पर्धाको माध्यमबाट छनोट भएका उनीहरूलाई शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा नियुक्त गरिएको हो ।

नवनियुक्त उपकुलपतिहरूको विवरण यस प्रकार छ:
त्रिभुवन विश्वविद्यालय: डा. भोला थापा
सुदूरपश्चिम विश्वविद्यालय: किसन दत्त भट्ट
मध्यपश्चिम विश्वविद्यालय: राजन सुवाल
कृषि तथा वन विश्वविद्यालय: ऋषिराम कट्टेल
राजर्षी जनक विश्वविद्यालय: श्यामनारायण लाभ
पोखरा विश्वविद्यालय: देवेन्द्र अधिकारी
पूर्वाञ्चल विश्वविद्यालय: सुजन बाबु मरहट्टा