
ललितपुर । नेपालको पहिलो ओटीटी एप नेटटीभीले सरकारबाट आधिकारिक रूपमा ओभर दि टप (ओटीटी) प्रसारण सेवा सञ्चालनको अनुमति पाएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले नेट टिभी प्रालिलाई इजाजतपत्र प्रदान गरेको हो ।
सन् २०१७ देखि नै ओटीटी एप सञ्चालनमा ल्याएको र नेपालको पहिलो आईपीटिभी सेवा प्रदायक समेत रहेको नेटटीभीले आधिकारिक लाइसेन्स पाएसँगै नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ हासिल गरेको कम्पनीको दाबी छ ।
नेपालमा पहिलोपटक ओटीटी एपलाज्ञ सञ्चालनको इजाजपतत्र दिनुले यो क्षेत्रको उपलब्धी भएको नेटटीभीका प्रमुख कार्यकारी अधिकृत सीईओ) निरन राजभण्डारीले बताए । उनले भने ‘यो हाम्रो लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षण हो । अब हामीले आधिकारिक रूपमा नेपालभर गुणस्तरीय डिजिटल कन्टेन्टहरू वैधानिक तवरले थप व्यवस्थित रूपमा प्रसारण गर्नेछौं।’
यस इजाजतपत्रसँगै नेटटीभीले आफ्नो एप र वेबसाइट मार्फत २४सै घण्टा नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका टेलिभिजन च्यानलहरू, विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल सामग्रीहरू प्रसारण गर्ने कानुनी सुनिश्चितता प्राप्त गरेको छ ।
‘एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जन’ भन्ने नाराका साथ कम्पनीले १००० भन्दा बढी चलचित्र, चर्चित सिरिज, लाइभ स्पोर्ट्स र लाइभ टिभी उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताहरूले जुनसुकै समयमा मोबाइल, ट्याब्लेट वा स्मार्ट टिभीमार्फत यी सुविधाहरू लिन सक्नेछन् ।






प्रतिक्रिया