
काठमाडौं । अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘स्मार्ट २०’ सार्वजनिक गरेको छ ।
एआई सक्षम सञ्चार सुविधा, लामो समय टिक्ने ब्याट्री र भरपर्दो कार्यसम्पादनलाई मुख्य प्राथमिकता दिँदै कम्पनीले यो फोन बजारमा ल्याएको हो । विशेषगरी दैनिक प्रयोगका लागि मजबुत र आधुनिक सुविधायुक्त फोन खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गरी यो मोडेल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा यो स्मार्टफोन दुईवटा भेरियन्टमा उपलब्ध गराइएको छ । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज क्षमता भएको मोडेलको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेलको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ ।
किफायती मूल्यमा उच्च प्रविधि र टिकाउपन प्रदान गर्नु नै यो फोनको मुख्य विशेषता रहेको कम्पनीको दाबी छ ।
प्राविधिक पक्षतर्फ, ‘स्मार्ट २०’ मा ६.७८ इन्चको पन्च-होल डिस्प्लेका साथै १२० हर्ज (120Hz) को रिफ्रेस रेट उपलब्ध छ । यसले गर्दा फोन चलाउँदा, भिडियो हेर्दा वा गेम खेल्दा प्रयोगकर्ताले सहज र आकर्षक अनुभव प्राप्त गर्नेछन् । फोनमा मिडियाटेक हेलियो जी८१ अल्टीमेट प्रोसेसर प्रयोग गरिएको छ ।
साथै, ४८ महिनासम्मको ‘फ्लुयन्सी सर्टिफिकेसन’ प्राप्त भएकाले यो फोन लामो समयसम्म कुनै समस्या बिना सहज रूपमा चल्ने विश्वास गरिएको छ ।
यस फोनको अर्को मुख्य आकर्षण यसमा रहेको ‘एआई प्रविधि’ हो । ‘पियोर भोइस’ र ‘भोइसप्रिन्ट नोइज रिडक्सन’ प्रविधिले भिडभाडयुक्त ठाउँमा पनि स्पष्ट कुराकानी गर्न सघाउँछ ।
त्यस्तै, ‘अल्ट्रालिंक फ्री कल’ सुविधा मार्फत मोबाइल नेटवर्क नभएको अवस्थामा पनि १ किलोमिटरसम्म कल र सन्देश आदानप्रदान गर्न सकिने बताइएको छ । ५२०० एमएएचको शक्तिशाली ब्याट्री र ७.७ मिमीको अल्ट्रा-स्लिम डिजाइनले यसलाई झनै आकर्षक बनाएको छ ।
सुरक्षाका लागि फोनमा आईपी६४ वाटर एन्ड डस्ट रेसिस्टेन्स र १.५ मिटर ड्रप रेसिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन् । फोलाक्स ५.० एआई असिस्टेन्ट, एआई राइटिङ र सङ रिकग्निसन जस्ता स्मार्ट सुविधाहरूले दैनिक कार्यहरूलाई अझ छिटो र छरितो बनाउनेछन् ।






प्रतिक्रिया