१ लाख कर्मचारी कटौती गर्दै फक्सवागन


एजेन्सी । जर्मनीको प्रसिद्ध कार निर्माता कम्पनी फक्सवागनले १ लाखसम्म कर्मचारी कटौती गर्ने र केही प्लान्टहरूमा उत्पादन घटाउने वा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेको छ।

फक्सवागन समूहमा अडी, बेन्टले, स्कोडा, सिट र कुप्रा जस्ता प्रसिद्ध ब्रान्डहरू छन्, जसमा विश्वभर ६ लाख ५० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

चिनियाँ कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धा र परम्परागत इन्धन इन्जिनबाट विद्युतीय कारमा रूपान्तरण हुने क्रममा आइपरेका चुनौतीका कारण कम्पनी नराम्ररी प्रभावित भएको बताइएको छ ।

रिपोर्टका अनुसार, मध्यम अवधिमा जर्मनीका चारवटा कारखानाहरू बन्द हुन सक्छन्, जसमा अडीको नेकरसल्म साइट र फक्सवागनका ह्यानोभर, ज्विकाउ र एमडेन प्लान्टहरू समावेश छन्।