कञ्चनपुरमा दुई सय क्विन्टल तर्बुजाको बिउ नियन्त्रणमा


काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरको महाकाली चार लेन पुल क्षेत्रबाट दुई सय क्विन्टल तर्बुजाको बिउ नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल भूमिराज गुल्मका गुल्मपति डिएसपी नरेन्द्रबहादुर विष्टका अनुसार शुक्रबार बिहान ना ८ ख १९९४ नम्बरको ट्रकबाट सो बिउ बरामद भएको हो।

बरामद भएको बिउ भन्सार चलान गरिएको छ। उक्त तर्बुजाको बिउ कानुनअनुरुप छ वा छैन भन्ने विषयमा अनुन्धान गरिने भन्सार अधिकृत चक्रदेव भट्टले बताए।

उक्त सामानका मालिक आफूले कानुनअनुरूप तर्बुजाको बिउ ल्याएको भन्दै भन्सार कार्यालय पुगेको बताइएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले उक्त सामान बिलबिजकसहित भएकाले भन्सारले पुष्टि गरेर छाड्ने बताए।