
काठमाडौं । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको गिरावट आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ थियो ।
महासंघका अनुसार, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार प्रतितोला २ सय ५० रुपैयाँले गिरावट आएको हो ।
बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ९ सय ९५ अमेरिकी डलर र प्रतिऔंस चाँदीको मूल्य ५७ अमेरिकी डलर छ ।








प्रतिक्रिया