पर्यटनको सबैभन्दा ठूलो बजेट चितवनमा, मन्त्री खडकराजले लगे कास्कीमा धेरै कार्यक्रम

385
Shares

काठमाडौं । पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रममा सबैभन्दा धेरै बजेट चितवनमा खर्च गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यो वार्षिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला चितवनमा मात्रै १ अर्ब १८ करोड ५७ लाख रुपैयाँ बजेट परेको छ ।

चितवनमा विनियोजित पर्यटन मन्त्रालयको बजेटमध्ये सबैभन्दा धेरै विमानस्थलका लागि छ । भरतपुर विमानस्थलको विस्तार गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत ७५ करोड रुपैयाँ र भरतपुर विमानस्थल विस्तारकै प्रयोजनका लागि जग्गाको सोधभर्नाबापत नेपाली सेनालाई दिनुपर्ने २५ करोडसहित १ अर्ब रुपैयाँ यो विमानस्थलमा खर्च गर्न बजेट विनियोजन भएको छ । विमानस्थलका लागि छुट्याइएको यो बजेट सरकारले सेयर तथा ऋण लगानीका रूपमा खर्च गर्न लागेको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा उल्लेख छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा १८ करोड रुपैयाँ खर्च गर्ने गरी चितवनका लागि थप ७ वटा कार्यक्रम तय भएका छन् । यस्ता कार्यक्रमका लागि माडीको अयोध्याधाम बृहत्तर धार्मिक परियोजनाका लागि ७ करोड, राममन्दिर देवघाट त्रिवेणीधामका लागि ५ करोड, चितवनमा पुतली बगैँचा (ब्युटी गार्डेन) बनाउन ३ करोड, साइकल ट्रेलका लागि ३ करोड, त्रिपुरासुन्दरी भगवती मन्दिर बनाउन ४० लाख, साइकल ट्रेल र जङ्गल सफारी सम्भाव्यता अध्ययनका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा ऐतिहासिक सम्पदाको पुनर्निर्माण, विमानस्थल विस्तार र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानलाई प्राथमिकता दिइएको भए तापनि बजेट खर्चका हिसाबले भने चितवनमा बढी बजेट विनियोजन भएको देखिएको हो ।

 चितवन जिल्लाका कार्यक्रम र बजेट

क्र.स.कार्यक्रम / क्रियाकलापबजेट (रु. लाखमा)
अयोध्याधाम बृहत्तर धार्मिक परियोजना, माडी-९७००.४२
भरतपुर विमानस्थल विस्तार (EIA सहित पूर्वाधार निर्माण)७५००.००
भरतपुर विमानस्थल विस्तारका लागि जग्गा शोधभर्ना (नेपाली सेनालाई)२५००.००
राम मन्दिर-देवघाट-विवेणीधाम धार्मिक पर्यटन प्रवर्द्धन५००.००
चितवन Butterfly Garden (पुतली बगैँचा) निर्माण तथा विकास३००.००
त्रिपुरासुन्दरी भगवती मन्दिर, भरतपुर-१ ठिमुरा संरक्षण४०.००
चितवनका विभिन्न पर्यटकीय क्षेत्र जोड्ने साइकल ट्रेल (Cycle Trail) निर्माण८.४०
चौराहा देखि सौराहा सम्म जंगल सफारीको लागि अध्ययन८.४०

बागमती प्रदेशको प्रमुख पर्यटकीय हब चितवनमा यस वर्ष ठूला परियोजनाहरू सञ्चालन गर्न नयाँ पर्यटकीय गतिविधीमा खर्च गर्न लागिएको उल्लेख छ ।

आगामी आर्थिक वर्षमा चितवन जिल्लालाई धार्मिक, साहसिक र प्रकृतिको संगमस्थलको रूपमा विकास गर्न मन्त्रालयले उल्लेख्य बजेट विनियोजन गरेको देखिएको छ ।

बजेटका हिसावले चितवनमा धेरै बजेट देखिएको भएपनि कार्यक्रममा हिसावले भने पोखरमा पर्यटन मन्त्री खडक राज पौडेलले बजेट लगेका छन् । पोखराका पौडेलले कास्की जिल्लामा मात्रै १५ वटा कार्यक्रम परेका छन । यी कार्यक्रममा ८ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन भएको छ ।

कास्कीमा गएको पर्यटन मन्त्रालयको बजेटमा वात्सायन आश्रम तथा स्वामी नारायण मन्दिर एकीकृत विकासलाई र दिपाङ ताललाई मनोरञ्जन क्षेत्र बनाउन ५/५ करोड, अर्धनारेश्वर धार्मिकस्थल निर्माणर खास्टे न्युरेनी तालमा फुटट्रयाक निर्माण र कास्की लिपेनी/थुम्सीकोट/भाचोक/लम्तरी साइकल ट्रेल बनाउन ३/३ करोड रुपैयाँको बजेट विनियोजन भएको छ ।

पञ्चासे/धम्पुस अर्किड पार्क तथा ट्रेल बनाउँन २ करोड, भद्रकाली मन्दिर परिसरमा वाटर पार्क निर्माण सम्पन्न गर्न १ करोड रुपैयाँ विनियोजन भएको छ भने अरु कार्यक्रम ८ देखि ५० लाख रुपैयाँसम्मका छन् । यो बाहेक सरकारले गत वर्षको कार्यक्रमकै निरन्तरताका लागि काँडे बराह क्षेत्र पूर्वाधारको ८ करोड ५७ लाख र सम्पदा यातायात विस्तार गर्न ६२ लाख रुपैयाँसमेत कास्की लागि दिएको छ ।

 कास्की जिल्लाका कार्यक्रम र बजेट

क्र.स.कार्यक्रम / क्रियाकलापबजेट (रु. लाखमा)
वात्सायन आश्रम तथा स्वामी नारायण मन्दिर एकीकृत विकास५००.००
दिपाङ ताललाई मनोरञ्जन क्षेत्र (Recreational Area) को रूपमा विकास५००.००
अर्धनारेश्वर धार्मिकस्थल निर्माण तथा विकास, पोखरा-२८३००.००
खास्टे न्युरेनी तालमा फुटट्रयाक निर्माण योजना, पोखरा३००.००
कास्की लिपेनी-थुम्सीकोट-भाचोक-लम्तरी साइकल ट्रेल निर्माण३००.००
पञ्चासे-धम्पुस अर्किड पार्क तथा ट्रेल (Trail) विकास२००.००
भद्रकाली मन्दिर परिसरमा वाटर पार्क निर्माण सम्पन्न गर्ने१००.००
काँडे बराह क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण (गत वर्षको दायित्व समेत)८५७.३४*
रुपा मस्जिद निर्माण, कास्की५०.००
१०शिवालय मन्दिर तथा ठाँटी संरक्षण, भाटथर, माछापुच्छ्रे१२.००
११शिद्देश्वर शिव मन्दिर संरक्षण, मादी-३ तप्राङ्ग९.००
१२झप्राङ्ग कोट संरक्षण कार्य, पोखरा-१६९.००
१३वेगनाशकोट काली मन्दिर संरक्षण, पोखरा-३१९.००
१४वराह, काली भैरव मन्दिर जीर्णोद्धार, माछापुच्छ्रे-४९.००
१५साइकल ट्रेल निर्माण अध्ययन (लिपेनी-करापु)८.४०

*नोट: ८५७.३४ लाखको बजेटमा कास्कीको काँडे बराहका साथै सल्यान र डोटीका आयोजनाहरू पनि समावेश छन्।

यी बाहेक संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत १ देखि ३ लाख सम्मका ४१ वटा कार्यक्रम छन । त्यसमध्ये पर्यटन मन्त्रालको कार्यक्रममा ११ वटा कार्यक्रम २ देखि ३ लाखका छन भने एकदेखि २ लाखका कार्यक्रम ७ वटा छन । पुरातात्विक स्थल संरक्षण गर्ने कार्यक्रमका लािग १४ वटा कार्यक्रम १ देखि २ लाखको छ ।

पर्यटनका अन्य मुख्य कार्यक्रमा देशभरका ७ वटै प्रदेशमा सिर्जनाग्राम निर्माणका लागि ४ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।