विश्वकपको रौनकबीच ट्रान्सफर विन्डोको बजार तात्यो: मड्रिडको नजर हालान्डमा, बजार मूल्य २०० मिलियन


एजेन्सी । ग्रीष्मकालीन सरुवा बजार ( ट्रान्सफर विन्डो) आधिकारिक रूपमा खुला भएको छ । हाल सबैको मुख्य ध्यान विश्वकपमा केन्द्रित भए पनि फुटबल क्लबहरू भने ठूला सम्झौताहरूका लागि भित्रभित्रै सक्रिय रूपमा काम गरिरहेका छन् ।

अधिकांश क्लबहरूको योजना पहिले नै पूरा भइसकेको छ र उनीहरूले कुन खेलाडीलाई टोलीमा भित्र्याउने र कसलाई बेच्ने भन्ने कुराको पहिचान गरिसकेका छन् ।

टोलीका प्रबन्धकहरूले खेल निर्देशक र रिक्रुटमेन्ट टोलीसँग मिलेर निरन्तर आफ्नो स्क्वाडको मूल्यांकन गरिरहेका छन् । यसै क्रममा बजारमा उपलब्ध हुन सक्ने सम्भावित खेलाडीहरूको पनि खोजी भइरहेको छ । सरुवा बजारका हल्लाहरूले तीव्रता पाइरहेका बेला हाल चर्चामा रहेका केही मुख्य खेलाडीहरूको विवरण यस प्रकार छ ।

१. अर्लिंग हालान्ड (नर्वे)
पद: सेन्टर फरवार्ड
बजार मूल्य: २०० मिलियन युरो

अर्लिंग हालान्ड अझै पनि रियल मड्रिडको रोजाइका प्रमुख खेलाडी हुन् । यदि यसै समरमा विनिसियस जुनियरले क्लब छाडेको खण्डमा स्पेनिस महारथी रियल मड्रिडले हालान्डका लागि औपचारिक प्रस्ताव अगाडि बढाउन सक्ने सम्भावना छ ।

यद्यपि, २५ वर्षीय हालान्डको म्यानचेस्टर सिटीसँग सन् २०३३ सम्मको लामो सम्झौता रहेकाले उनले तत्काल इंग्ल्याण्ड छाड्ने सम्भावना भने निकै न्यून देखिन्छ ।

२. बेन्जामिन सेस्को
पद: सेन्टर फरवार्ड
बजार मूल्य: ७५ मिलियन युरो

बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर बेन्जामिन सेस्कोमाथि चासो देखाएको छ। ओल्ड ट्राफोर्डमा सुरुवाती समय केही सुस्त रहे तापनि सेस्कोले सिजनको दोस्रो आधामा उत्कृष्ट प्रदर्शन गरेका थिए । बार्सिलोनाको चासोका बाबजुद युनाइटेडले उनीमाथि आउने कुनै पनि प्रस्तावलाई स्वीकार नगर्ने अडान लिएको छ ।

३. मार्कस रशफोर्ड
पद: लेफ्ट विङ्गर
बजार मूल्य: ४० मिलियन युरो

टोटनह्याम हट्सपरले मार्कस रशफोर्डलाई आफ्नो टोलीमा आबद्ध गर्नेबारे विचार गरिरहेको छ। यी इङ्लिस खेलाडी यसअघि लोनमा बार्सिलोनामा थिए, तर बार्सिलोनाले उनको सम्झौतामा रहेको ‘बाई-अप्सन’ (खरिद गर्ने विकल्प) प्रयोग नगर्ने निर्णय गरेको छ। यससँगै रशफोर्डले यसै समरमा म्यानचेस्टर युनाइटेड छाड्ने लगभग निश्चित मानिएको छ।