
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न समिति र परिषद्हरूले नयाँ नेतृत्व पाएका छन् । सोमबार बसेको महासंघको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार, परिषद् र विभिन्न समितिका सभापतिहरू मनोनयन गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति र अर्का पूर्वअध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेको जानकारी दिए ।
बैठकले उद्योग वाणिज्य परिषद्को सभापतिमा जिल्ला नगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा सोही क्षेत्रका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठलाई जिम्मेवारी तोकेको छ ।
वस्तुगत परिषद्को नेतृत्व उपाध्यक्ष नरेशलाल श्रेष्ठले र रोजगारदाता परिषद्को नेतृत्व उपाध्यक्ष प्रबलजंग पाण्डेले सम्हाल्ने गरी मनोनयन गरिएको महासंघले बताएको छ ।
विभिन्न विषयगत समितिका सभापतिहरूतर्फ कृषि उद्यम केन्द्रको जिम्मेवारी शिवप्रसाद घिमिरे, कर तथा राजस्व समितिको नेतृत्व अरनिको राजभण्डारी र उद्योग समितिको सभापतिमा उज्ज्वल श्रेष्ठ मनोनित भएका छन् । व्यापार समितिमा नवीन रिजाल र महिला उद्यमी विकास समितिमा सुनिता नेमाफुकीले नेतृत्व पाएका छन् ।
बैठकले सूचना तथा सञ्चार प्रविधि विकास समितिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहनमा लिलेन्द्र प्रसाद प्रधान र पर्यटन तथा हवाई यातायात समितिमा संघर्ष बिष्टलाई सभापति तोकेको छ ।
बैंक, वित्तीय तथा बीमा समितिमा हेमन्त गोल्छा, निर्यात समितिमा होम प्रसाद घिमिरे र व्यापार मेला समितिमा सविन श्रेष्ठ मनोनित भएका छन् ।
सहरी विकास समितिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समितिमा विप्लव अधिकारी र सीप विकास तथा रोजगार समितिमा नानीराज घिमिरेले नेतृत्व गर्नेछन्
स्टार्टअप एन्ड इनोभेशन समितिको सभापतिमा सहारा जोशी, पूँजी बजार समितिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिमा रविन पुरी मनोनित भएको जानकारी गराइएको छ ।
अध्यक्ष श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई यी जिम्मेवारी सुम्पिएका हुन् । नयाँ मनोनित सभापतिहरूले महासंघको छवि र प्रतिष्ठालाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन् ।








प्रतिक्रिया