सेयर बजारमा उछाल नेप्से परिसूचक ४४.२६ अंकले बढ्दा, करिब १ अर्ब रुपैयाँको कारोबार



काठमाडौं । सेयर बजारमा धेरैपछि उछाल देखिएको छ । नेप्से परिसूचक ४४.२६ अंकले बढ्दा सेयर बजारमा करिब १ अर्ब रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक १२९४.६५ बिन्दुमा पुगेको छ ।

गत बिहीवार लगानीकर्ता केही सेयर ब्रोक्ररसँग अर्थमन्त्री डा युवराज खतिवडाले आफुलाई देखाएर सेयर बजार बढाउने र घटाउने चलखेल नहुँने बताएका थिए ।
उनले आफु सबै नेपालीको घरमा सेयर होस् भन्ने पक्षमा रहेको धारणा व्यक्त गरेका थिए ।

यसको सामाजिक संजालहरुमा लगानीकर्ताहरुले अर्थमन्त्री लगानीकर्ताको पक्षमा रहेको र चलखेल गर्नेहरुको विपक्षमा रहेको धारणा व्यक्त गरेका थिए ।

नेप्सेमा आज ९ वटा कम्पनीको २ करोडभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेमा आज १७६ कम्पनीको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी नबिल बैंकको ३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै प्रभु इन्स्योरेन्सको २ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकममा पछिल्ला समयको रेकर्ड तोडेको छ । नेप्से परिसूचक घट्न थालेपछि सेयर कारोबारमा समेत सुस्तता आउन थालेको थियो ।
कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ ।


क्लिकमान्डु