युद्ध टुंगाउने सहमति पछि ट्रम्पले हटाए इरानमाथिको सामुद्रिक नाकाबन्दी

126
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध टुङ्ग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी अन्त्य गरेको छ।

अमेरिकी सेन्ट्रल कम्यान्ड ‘सेन्टकम’ले राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशपछि नाकाबन्दी हटाइएको पुष्टि गरेको छ । उसले ‘एक्स’मा गरेको पोस्टमा त्यस क्षेत्रका सामान्य क्षेत्रमा केही अमेरिकी पानीजहाजहरू भने अझै तैनाथ रहने जनाएको छ ।

सहमतिपत्रमा इरानका तर्फबाट राष्ट्रपति मसूद पेजेस्किआन र दुई पक्षबीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई पक्षबीच भएको सहमतिमा होर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना अनि अमेरिकाले इरानविरुद्ध सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने विषय पनि उल्लेख छ।

Skip This