ब्रिक्स बैठकमा सहभागी हुन चीनका विदेशमन्त्री भारत जाने


एजेन्सी । चीनका विदेशमन्त्री वाङ यी जुन २२ देखि २३ सम्म भारतमा आयोजना हुने ब्रिक्सका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू र राष्ट्रिय सुरक्षासम्बन्धी उच्च प्रतिनिधिहरूको १६औं बैठकमा सहभागी हुने भएका छन् ।

चीनको विदेश मन्त्रालयले बिहीबार यसको जानकारी दिएको हो ।