
एजेन्सी । जीली एम्ग्रान्ड आई–एचईभी हाइब्रिड सेडान चीनमा ८७ हजार ९०० युआन (करिब २० लाख रुपैयाँ) को सुरुवाती मूल्यमा सार्वजनिक गरिएको छ ।
यसले ४८.४१ प्रतिशतको विश्वको सबैभन्दा उच्च इन्जिन थर्मल दक्षता भएको दाबी गरेको छ र वास्तविक परीक्षणको क्रममा प्रति १०० किलोमिटरमा २.२२ लिटर मात्र इन्धन खपत गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।
जीली एम्ग्रान्ड आई–एचईभी पाँचौं पुस्ताको पेट्रोल भेरियन्ट एम्ग्रान्डमा आधारित छ । यो बीएमए ईभो मोड्युलर आर्किटेक्चरमा निर्माण गरिएको छ । एम्ग्रान्ड आई–एचइेभीमा १.५ लिटरको न्याचुरल्ली एस्पिरेटेड इन्जिन प्रयोग गरिएको छ जसको अधिकतम शक्ति ८२ किलोवाट (११० एचपी) रहेको छ । यसमा एकीकृत डीएचटी ट्रान्समिसन भएको ११ इन १ इलेक्ट्रिक ड्राइभ र १४० किलोवाट (१८८ एचपी) को ई–मोटर जोडिएको छ ।
जीली एम्ग्रान्ड आई–एचईभी सेडानले ब्रान्डको पछिल्लो डिजाइन शैली अपनाएको छ जसमा तिखो हेडलाइट र ठूलो ग्रिल रहेको छ । यसका अन्य विशेषताहरूमा परम्परागत ढोकाका ह्यान्डलहरू, आकर्षक छत र १७ इन्चको पांग्राहरू समावेश छन् ।
एम्ग्रान्ड आई–एचईभीको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४८१५/१८८५/१४८० मिमि छ भने यसको ह्विलबेस २७ सय ५५ मिमि रहेको छ ।
यस सेडानको भित्री भागमा १४.६ इन्चको टचस्क्रिन, १०.२ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र तलपट्टि समतल भएको चार–स्पोक स्टेयरिङ ह्वील रहेको छ । स्क्रिनको मुनि भौतिक बटनहरूको एउटा ब्लक राखिएको छ ।
बीचको भागमा दुईवटा वायरलेस फोन चार्जिङ प्याड, दुईवटा कप होल्डर र पछि हट्न सक्ने गियर सिफ्टर रहेको छ । यसको अगाडिको सिटमा पावर एडजस्टमेन्टको सुविधा छ । दोस्रो लहरमा एकीकृत बीचको हेडरेस्ट र आर्मरेस्ट रहेको छ । अर्को विशेषता ६ वटा स्पिकर भएको साउन्ड सिस्टम हो ।
उच्चतम ट्रिमको जीली एम्ग्रान्ड आई–एचईभी सेडानमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, लेन किपिङ असिस्ट आदि सहितको एल२ असिस्टेड ड्राइभिङ सिस्टम रहेको छ । एम्ग्रान्ड आई–एचईभीका सबै ट्रिमहरूमा चालक र अगाडिका यात्रुका लागि अगाडि र छेउका एयरब्यागहरूका साथै पूर्ण–लम्बाईको साइड कर्टेन एयरब्यागहरू मानक रूपमा उपलब्ध छन् ।
अघि उल्लेख गरिएझैं जीली एम्ग्रान्डले हाइनान राजमार्गमा प्रति १०० किलोमिटरमा २.२२ लिटर इन्धन खपत गरेर गिनिज वर्ल्ड रेकर्ड कायम गरेको थियो । यस्तै कीर्तिमान यसअघि टोयोटा प्रियुसले बनाएको थियो जसको इन्धन खपत प्रति १०० किलोमिटरमा २.५३ लिटर थियो । यसरी एम्ग्रान्ड आई–एचईभीको इन्धन खपत प्रियुसको तुलनामा १२.२६ प्रतिशत कम छ ।
यो चिनियाँ सेडानको आधिकारिक रूपमा दाबी गरिएको इन्धन खपत भने प्रति १०० किलोमिटरमा ३.८३ लिटर हो भन्ने कुरा ध्यान दिन लायक छ । अर्को महत्त्वपूर्ण कुरा के हो भने एम्ग्रान्ड आई–एचईभीलाई प्लगबाट चार्ज गर्न मिल्दैन ।
चाइना ईभी डाटाट्य्राकरका अनुसार, जीली एम्ग्रान्डले मे २०२६ मा ६७ सय ५० युनिटहरू डेलिभरी गरेको थियो । यस सेडानको प्लग–इन हाइब्रिड भेरियन्ट पनि छ जसलाई जीली ग्यालेक्सी स्टारसाइन ६ भनिन्छ । सोही अवधिमा यसको बिक्री २७ सय ८ कार पुगेको थियो ।
जीली ग्यालेक्सी स्टारसाइन ६ सन् २०२७ मा अस्ट्रेलियाको बजारमा जीली एम्ग्रान्ड ईएम–आई नाममा प्रवेश गर्ने सम्भावना छ । एम्ग्रान्ड आई–एचईभी पनि अन्य विदेशी बजारहरूमा प्रवेश गर्ने सम्भावना रहेको छ ।








प्रतिक्रिया