विगतका गतिविधि र १० पुस्ते सम्बन्ध केलाएर सेबोन र बिमा प्राधिकरण अध्यक्ष नियुक्त गर्छौंः अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बिमा प्राधिकरणमा १० पुस्ते सम्बन्धहरु केलाएर तथा गतिविधिहरु केलाएर अध्यक्ष नियुक्त गर्ने बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको एक कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन् ।

‘हामीले धितोपत्र बोर्डको अध्यक्षका लागि मानिस चुनिसकेका छौं । तर, त्यसका लागि पनि उसलाई राम्रोसँग हेरेर, अध्ययन गरेर १० पुस्ते सम्बन्धहरु केलाएर, विगतका गतिविधिहरु हेरेर नियुक्ती गर्नेमा लागि परेका छौं,’ वाग्लेले भने, ‘जे होस् हामी सही मानिस ल्याउने छौं । बिमा प्राधिकरणको हकमा पनि त्यहि हुनेछ ।’

उनले सो क्षेत्रबारे बुझेको, नियामकिय अनुभव भएको र स्वच्छ छवि भएको व्यक्तिलाई अध्यक्ष नियुक्ती गर्ने बताए ।