
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० कायम भएको छ ।
मंगलबार सुनको मूल्य प्रति तोला २ लाख ९८ हजार ५ सय रहेकोमा बुधबार १२ सय रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको मूल्य मंगलबार ४ हजार ९ सय ९० रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ प्रतितोला घटेको हो ।








प्रतिक्रिया