ओली सरकारले गर्यो प्रशासनमा ब्यापक परिवर्तन, अर्थमा राजन खनाल र गृहमा प्रेमकुमार राई



काठमाडौं । सरकारले सचिवहरु ठूलो मात्रामा फेरबदल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानु अगाडि बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ ।

मन्त्रालयमा आकर्षक मानिने अर्थमन्त्रालयको सचिवमा राजन खनाल आएका छन् । सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले अर्थमन्त्रालयमा राजन खनालको सरुवा भएको जानकारी दिए । यस्तै अन्य मन्त्रालयका सचिवको पनि सरुवा भएको छ ।

अर्थमन्त्रालयमा राजस्व सचिव रहेका शिशिर ढुंगानालाई यथावत राखिएको छ ।

खनाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । उनी अर्थमन्त्रालयकै क्याडर हुन् । आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका खनालले नक्कली भ्याट बिलको अनुसन्धान गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले राजस्व सचिव भएर अर्थमन्त्रालयमा बिदाइसकेका छन् ।

अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।
यस्तै गृहमन्त्रालयका सचिवमा प्रेमकुमार राई आएका छन् । संचारमन्त्रालयमा महेन्द्रमान गुरुङ आएका छन् ।


क्लिकमान्डु