चुनावी परिणामबाट हार मानेको छैनौं: कुलमान घिसिङ

0
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर आफूहरुले हार नमानेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचे जस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए ।

उनले पछिल्लो निर्वाचन आफूहरुका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको बताएका छन् ।

जनताको विश्वास र माया आफूहरुले नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए । उनले सदस्यता वितरण गर्नका लागि अभियानको रूपमा नै अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।