एकैदिन ५ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.9k
Shares

काठमाडौं । बिहीबार सुनको मूल्य एकैदिन ५ हजार १ सय रुपैयाँले घटेको छ । 

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ५ हजार १ सय रुपैयाँले घटेको हो । 

यसअघि मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । 

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि घटेको छ । 

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

पछिल्ला केही दिन यता अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आउँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ४ हजार ७८ डलर र चाँदी प्रतिऔंस ६३.८४ डलर कायम छ ।