
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दिल्लीमा सिमाना ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण किन नगरेको भनि प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भारत भ्रमणमा उच्चस्तरीय भेटघाटमा सीमानाबारे उच्चारण गर्न किन डराएको भनि सोधे ।
‘उहाँले भन्नुभयो सीमानाबारेमा ढोल बजाएर छलफल हुन सक्दैन भनेर । हो, ढोल बजाएर हुन्न । तर, दिल्लीमा रहँदा सिमाना स अनि कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो ?,’ उनले सोधे ।
प्रधानमन्त्री संसद्मा आफैंले बोलेको अभिव्यक्तिमा प्रश्न उठेपछि नआएको र यहीकारण संसद बन्धक बन्न पुगेको भनेर उनले अगाडि बढ्न आफूहरू नै तयार भएको बताए ।









प्रतिक्रिया