कांग्रेस रास्वपा जस्तो दास र लासहरुको पार्टी होइन भन्ने पुष्टि भयोः भीष्मराज आङ्देम्बे

259
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले कांग्रेस रास्वपा जस्तो दास र लासहरुको पार्टी होइन भन्ने पुष्टि भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले यस्तो बताएका हुन् ।

‘हिजो मुलुकको अहितमा हुने काम गर्दा कांग्रेसका नेताहरु आफ्नै सरकार विरुद्ध संसदको रोष्टममा उभिएर विरोध जनाएका थिए,’ आङ्देम्बेले भने, ‘आज नेपालले भारतको सीमा मिचेको छ भनेर बोल्दासमेत कसैले प्रश्नसमेत उठाउन सकेनन् ।’

उनले यसबाट कांग्रेस रास्वपा जस्तो दास र लासहरुको पार्टी होइन भन्ने पुष्टि भएको बताए ।