सिंहदरबारमा सर्वदलीय बैठक जारी

210
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक भइरहेको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा भइरहेको छ ।

सत्तारुढ दलका सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो ।

तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । यी दलबाट अन्य नेता प्रतिनिधि बनेर सहभागी छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएका छन् ।

हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठक नै बहिष्कार गरेको छ ।