काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी र यसको प्रिमियम सिरिज सीजी मेरिडियाले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक गरेको छ ।
फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न यो विशेष स्पेसल वर्ल्ड कप अफर ल्याएको हो ।
यस योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाका टेलिभिजनहरू खरिद गर्दा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्नेछन्-टिभी खरिदमा ग्राहकहरूले आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको वारेन्टी प्रदान गरेको छ ।
यस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टी प्राप्त गर्नेछन् । यो विशेष वारेन्टी सुविधा लागू गर्न ग्राहकले टिभी खरिद गरेपश्चात् दर्ताको लागि कम्पनीको टोल-फ्री नम्बर १६६००१०२२११ मा कल गर्नुपर्नेछ ।
टिभी खरिद गर्न चाहने तर एकैपटक रकम तिर्न गाह्रो हुने ग्राहकका लागि कम्पनीले तुरुन्तै सजिलो इएमआईको व्यवस्था गरेको छ, जसका लागि झन्झटिलो कागजी प्रक्रियाबिनै केवल ‘नागरिकता’ मात्र भए पुग्नेछ ।
यो वर्ल्ड कप टु वर्ल्ड कप योजना जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया