अन्नपूर्ण राठी केबल इन्डस्ट्रिजको व्यापार ३१%ले बढ्यो, कति गर्‍यो कारोबार ?

49
Shares

काठमाडौं । अन्नपूर्ण राठी केबल इन्डस्ट्रिजको व्यापार ३१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३ अर्ब २५ करोड ७० लाख रूपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रूपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ३ अर्ब २५ करोड ७० लाख रूपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३६ करोड ९० लाख रूपैयाँको कारोबार गरेको थियो ।

गत आवमा कम्पनीको नाफा मार्जिन ८.२१ प्रतिशत थियो । सन् २०२४ मा यस्तो मार्जिन १०.२५ प्रतिशत थियो । कम्पनीको कुल नगद सञ्चय १७ करोड ४० लाख रूपैयाँ पुगेको छ । सन् २०२४ मा १२ करोड ६० लाख रूपैयाँ थियो ।

सन् २०२५ मा पब्लिक कम्पनीको रूपमा परिणत गरेको कम्पनीले विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको तार र केबल राठी र अन्नपूर्ण ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले आल्मुनियम रड, कपर रड, स्टिल वायर, पीभीसी एन्ड एक्सएलपीईजस्ता कच्चा पदार्थ भारत र मध्य पूर्वका देशहरूबाट आयात गर्दै आएको छ । कम्पनीको सन् २०२२ देखि सन् २०२५ सम्ममा कारोबार गरेकोमध्ये ८९ प्रतिशतसम्म कच्चा पदार्थको हिस्सा रहेको उल्लेख गरेको छ ।

राठी ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित कम्पनीको अध्यक्ष श्याम राठी छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ७६ करोड रूपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रूपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ३२ करोड ५० लाख रूपैयाँको रेटिङ गराएको छ हो ।