मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय–सुझाव उपलब्ध गराउन आह्वान गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम बैंकले हरेक वर्ष नयाँ आर्थिक वर्षको नीति सार्वजनिक गर्नुपूर्व सरोकारवालाहरूको राय लिने गर्दछ ।

बैंकका अनुसार इच्छुक व्यक्ति, उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरूले आगामी २०८३ असार ५ गतेभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन सक्नेछन् ।

सुझावहरू राष्ट्र बैंकको बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष रूपमा वा इमेल ठेगाना [email protected] मार्फत पठाउन सकिने विभागले जनाएको छ ।