
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा खुम्चिएको छ ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणा गरेको थियो । त्यसपछि सोमबार खुलेको बजारमा नै दोहोरो अंकको गिरावट आएको हो ।
सोमबार नेप्सेमा कुल ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।





प्रतिक्रिया