
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देखाएको प्रवृत्ति देशदोह्री भएको बताएका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा सभापति थापाले सीमाका सन्दर्भमा दिएको अभिव्यक्ति र सो प्रवृत्ति देशदोह्री र चिन्ताजनक भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको हिजोको अभिव्यक्ति नेपालका लागि राष्ट्रिय लज्जाको विषय बनेको छ । प्रधानमन्त्रीको बोलिले सिंगो नेपालीको शिर निहुरिएको छ,’ थापाले भने, ‘यसले जनताको अपमान गरेको र हाम्रो अखण्डतालाई खण्डित गरेको छ । हाम्रो सार्वभौमिक अधिकारीमाथि यसले प्रहार गरेको छ ।’
उनले यो अराजनीतिक कदमको नेपाली कांग्रेसले विरोधन गर्ने समेत बताए । साथै, उनले संसदमा गएर मैले गल्ती बोले भनेर स्वीकार गर्न आग्रह गरे ।





प्रतिक्रिया