
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणापछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको थियो ।
त्यसपछि सोमबार खुलेको बजार सुरुवाती कारोबार देखि नै गिरावटमा धेकेलिएको हो । दिउँसो एक बजेसम्म सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३२ अंकले घटेर २७६५ बिन्दुमा कायम भएको छ ।
एक बजेसम्म नेप्सेमा कुल २ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
समाचार तयार पार्दासम्म ३५ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।






प्रतिक्रिया