
विराटनगर । नेपाली मदिरा उद्योगका लागि एउटा ऐतिहासिक उपलब्धि हासिल गर्दै ‘द हिमालयन रिजर्भ’ले प्रतिष्ठित ‘टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६’ मा कास्य पदक जित्न सफल भएको छ ।
एसियाकै सबैभन्दा ठूलो र कडा प्रतिस्पर्धा मानिने यस प्रतियोगितामा नेपाली उत्पादनले विश्वका दिग्गज अन्तर्राष्ट्रिय डिस्टिलरीहरूसँग प्रतिस्पर्धा गरेको थियो । जापानका प्रख्यात विशेषज्ञहरूद्वारा ‘ब्लाइन्ड टेस्टिङ’ (बिना लेबलको स्वाद परीक्षण) विधिको प्रयोग गरी उत्कृष्ट मदिरा छनोट गरिने यस प्रतियोगितामा द हिमालयन रिजर्भले आफ्नो विशिष्ट गुणस्तर, स्वाद र शिल्पका कारण यो सम्मान प्राप्त गरेको हो ।
यो अन्तर्राष्ट्रिय पदक यसको उत्पादक कम्पनी ‘प्रिमियर डिस्टिलरी लिमिटेड’का लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित भएको कम्पनीले जनाएको छ । नेपालको अत्याधुनिक र एकीकृत मदिरा उत्पादकहरूमध्ये एक मानिने प्रिमियर डिस्टिलरी बजारमा अत्यधिक रुचाइएका ब्रान्डहरू जस्तै ‘ओल्ड मंक रम’ र ‘ब्ल्याक स्टालियन’को उत्पादनका लागि समेत प्रसिद्ध छ ।
नेपाली मदिरा उद्योगका विज्ञहरूले यस उपलब्धिलाई “नयाँ बिहानी” को संकेतका रूपमा लिएका छन् । यसले हिमालय क्षेत्रमा उत्पादित मदिरा र नेपाली ब्लेन्डिङ कला विश्व स्तरमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा सक्षम छ भन्ने प्रमाणित गरिदिएको छ ।
द हिमालयन रिजर्भको यो पहिलो अन्तर्राष्ट्रिय सफलता भने होइन । यसअघि यसले बेल्जियमको ब्रसेल्समा आयोजित ‘मोन्ड सेलेक्सन २०२५’मा प्रतिष्ठित स्वर्ण पदक प्राप्त गरिसकेको छ । गुणस्तरको क्षेत्रमा ‘नोबेल पुरस्कार’ मानिने मोन्ड सेलेक्सनको स्वर्ण र टोकियो ह्विस्की कम्पिटिसनको कास्य पदकले नेपाली शिल्पलाई विश्वको मानचित्रमा दर्बिलो ढंगले उभ्याएको छ ।
प्रिमियर डिस्टिलरीले यस जितलाई गुणस्तर, परम्परा र उत्कृष्टताप्रतिको आफ्नो प्रतिबद्धताको प्रतिफल मानेको छ । विश्व ह्विस्की बजारमा नेपालको अद्वितीय पहिचान स्थापित गर्न यो पदकले थप उर्जा प्रदान गरेको कम्पनीको विश्वास छ ।









प्रतिक्रिया