सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’

98
Shares

काठमाडौं । सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।

सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।

‘विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तारीत गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सरकारले तोकेभन्दा बढीको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ ।’

सरकारले व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म ३० दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिने घोषणा गरेको छ ।