
काठमाडौं । सरकारले राष्ट्रियस्तरका विभिन्न १२ वटा निजामती र स्वास्थ्य सेवाका कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सोमबार एक सूचना जारी गर्दै ती संगठनहरूको दर्ता खारेज भएको जानकारी दिएको हो ।
विभागका अनुसार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको आधारमा विभागका पञ्जिकाधिकारीको बैशाख २३ गतेको निर्णयले यी युनियनहरूको दर्ता खारेज गरेको हो ।
यी हुन् खारेज भएका ट्रेड युनियन
निजामती सेवा ऐन, २०४९ बमोजिम दर्ता भएका नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्च खारेज भएको छ । यसैगरी नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज भएका छन् ।
यसैगरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन खारेज भएका छन् ।








प्रतिक्रिया