रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थक आफू उम्मेदवार बन्न नपाउने


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरू उम्मेदवार बन्न नपाउने भएका छन् ।

रास्वपा निर्वाचन आयोगले एक सूचना जारी गरेर उम्मेदवारको प्रस्तावक र समर्थक उम्मेदवार हुन नपाउने जनाएको हो । चितवनमा जारी रास्वपा महाधिवेशनमा बन्दसत्र एक दिन ढिला गरि आजबाट सुरू हुँदैछ ।

निर्वाचन आयोगले पार्टी सभापतिका उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक, केन्द्रीय सदस्यको हकमा १ जना प्रस्ताव र २१ जना समर्थक चाहिन्छ । यस्तै सभापतिका लागि उम्मेदवारी दिँदा ५१ जना हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यले २१ हजार रुपैयाँ बुझाउनुपर्दछ ।

Skip This