
काठमाडौं । पेट्रोल र डिजलको मूल्य घट्दा खाना पकाउने ग्यास र हवाई इन्धनको भने बढेको छ ।
नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य गए राति १२ बजेबाटै लागु भइसकेको छ ।
निगमका अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।
यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।
हवाइ इन्धनको मूल्य पनि बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।
पेट्रोलको मूल्य २ रूपैयाँले घट्दा डिजेल र मट्टितेलको मूल्य १२ रुपैयाँले घटाइएको छ ।
यससँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ भएको छ ।










प्रतिक्रिया