
काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्ष २०८३/८४ को प्रि-बजेट छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
‘बजेटपूर्व छलफलः समृद्धिको मार्ग’ नाम दिइएको उक्त छलफल कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य रहेका थिए ।
कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल ब्यवस्थापन संघका पूर्वअध्यक्ष तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र वरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका विविध विषयहरूलाई समेटेर आगामी बजेटको लागि विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल व्यवस्थापन संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए भने महासचिब ईन्द्र कुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागीहरूबाट आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव संकलन गरिएको थियो । संकलित सुझावहरू सबैलाई समेटेर आगामी आवको बजेट निर्माणको लागि सरकारलाई बुझाइने जानकारी संघले जनाएको छ ।









प्रतिक्रिया