कृत्रिम बिमा दाबी र भुक्तानीको परिपाटी रोक्न आवश्यक

105
Shares

काठमाडौं । अर्थ मन्त्रालयले कृत्रिम बिमा दाबी र भुक्तानीको परिपाटी रोक्न आवश्यक रहेको औंल्याएको छ ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो विषय अघि सारेको हो ।

‘सरकारको लगानीमा स्थापित बिमा कम्पनीहरूको संस्थागत क्षमतामा कमजोर छ । बिमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम पबमा दाबी र भुक्तानीको परिपाटी रोक्नुर्छ,’ मन्त्रालयले स्थितिपत्रमा भनेको छ, ‘अर्कोतर्फ बीमा सेवाको दायरा विस्तार गरी जोखिम व्यवस्थापन र दीर्घकालीन पुँजी परिचालन गर्नुपर्नेछ ।’

स्थितिपत्रमा बिमा सेवा दायरा फराकिलो हुँदै गएको र नेपालमा बिमाको पहुँच २०८२ फागुनसम्म ४९.९२ प्रतिशत पुगेको उल्लेख छ ।