मनोहराको सुकुमबासी बस्ती आज फेरी खाली गराइने

210
Shares

काठमाडौं । सरकारले काठमाडौंको मनोहरा नदी किनारको अनाधिकृत वस्ती आज फेरी प्रयास गर्ने भएको छ ।

शनिबार उक्त क्षेत्रको वस्ती खाली गराउन जाने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको थियो ।

शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

त्यस क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा भएको थियो ।

उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका थिए । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।