
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।
आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
बालेन काठमाडौं महानगरको मेयर हुँदा पनि काठमाडौँको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।









प्रतिक्रिया