जानकारी बिना सेयर बजारमा लगानी नगर्नुहोस् : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी लिएरमात्र सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् ।

कम्पनीको जानकारी बिना सेयर बजारमा लगानी गर्दा जोखिम बढ्ने भन्दै अर्थमन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्न सुझाव दिए ।

नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनले गरेको सिए विद्यार्थीको सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफु सेयर बजारको सुधारको पक्षमा रहेको बताएका छन् ।

‘म सेयर बजारको सुधारको पक्षमा रहेको छु’,खतिवडाले भने,‘केही समय अगाडि मैले बोलेको विषयलाई गलत अर्थ लगाइयो, म सधै बजारको विकास पक्षमा रहेको छु।’


क्लिकमान्डु