अदालतको फैसला कसैको जित वा हार होइन, विधिको विजय हो : सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई व्यक्तिको ‘जित वा हार’ भन्दा पनि लोकतान्त्रिक विधिको जितका रूपमा व्याख्या गरेका छन्।

अदालतको निर्णयले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई थप सुदृढ बनाएको उनको तर्क छ।

पार्टीभित्रको आन्तरिक विवादलाई लोकतान्त्रिक पद्धतिबाटै समाधान खोज्ने अभ्यासले कांग्रेसलाई थप परिपक्व बनाउने थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

अब गुटगत राजनीतिभन्दा माथि उठेर विधिको शासन र संस्थागत सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड दिँदै उनले सबै पक्षलाई जिम्मेवार बन्न अपिल गरेका छन्।

उनले भनेका छन्, ‘यो फैसलालाई पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्छ।’