
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन डिजिटल मन्थ उत्सभ १९औं एनिभर्सरी सेलिब्रेसन क्याम्पियन २०२३ नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ ।
२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।
सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय डेबिट कार्डलाई पिओएसमार्फत सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यास व्याक, मोवाईल बैंकिङ्ख अथवा डिजि बैंक मार्फत ई–कम कार्ड अनुरोध गरेमा ५० प्रतिशत छुट, निष्कृय व्यवसायिक क्युआर भएका ग्राहकहरुले आफनो सक्रिय गराएमा कारोवार रकमको १९ प्रतिशत वा अधिकतम् १९० क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा पिओएस मेसिन जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ अथवा डिजि बैंक मार्फत लकर सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट, पारिवारिक सदस्यहरुको नंया खाता रिफर गरेमा प्रति खाता १०० क्यास व्याक, मोवाईल बैंकिङ्ख मार्फत इन्टरनेशनल रेमिटको रकम भुक्तानी लिएमा २०० रुपैयाँ क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ ।
यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरेको छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।










प्रतिक्रिया