आज सुनको मूल्य तोलामा ३ लाख कट्यो


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो नयाँ वर्षको पहिलो दिनको तुलनामा वृद्धि भएको हो ।

आज सनुको मूल्य तोलाको ३ लाख २ हजार ७ सय तोकिएको छ । यसअघि १ गते सुनको मूल्य तोलाको २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार २२० रुपैयाँ तोकिएको छ । यसअघि वैशाख १ गते चाँदीको मूल्य ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Skip This