प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

126
Shares

काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

बैंकले ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरुलाई मात्र बिक्री गरिने प्रति सेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।

बैंकको चेत २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा उक्त अग्राधिकार सेयर जारी गर्ने जनाएको हो ।