कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो ।

बैंकले गत पुष १९ गते बैंकले ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर खुल्ला गरेको थियो । बैंकले १ बराबर २.२५ को दरले बैंकले बिक्री खुल्ला गरेको थियो । आज बैंकिङ समयसम्म हकप्रद बुझाउन सकिनेछ ।

बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड–कमलादी ,कर्णाली डेभलेपमेण्ट बैंक नेपालगञ्ज ,साथै नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक मार्फत पनि बुझाउँन सकिन्छ ।


क्लिकमान्डु