अमेरिकाले आफूहरूको विश्वास जित्न नसकेको इरानी प्रतिनिधिमण्डलको भनाइ

252
Shares

एजेन्सी । पाकिस्तानमा भएको वार्तामा तेहरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई इरानीहरूको विश्वास जित्न सक्छ कि सक्दैन भनेर निर्णय गर्ने समय आएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गालिबाफले वार्ता हुनुअघि नै इरानसँग सद्भाव र इच्छाशक्ति रहेको तर विगतका दुईवटा युद्धका अनुभवहरूका कारण विपक्षीप्रति कुनै विश्वास नरहेको कुरामा जोड दिएका थिए ।

इरानी प्रतिनिधिमण्डलले अग्रगामी पहलहरू अगाडि सारेको तर विपक्षी अन्ततः यस चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न असफल भएको उनले बताए ।

उनले अगाडि भने, ‘इरानको राष्ट्रिय रक्षाका ४० दिनका उपलब्धिहरूलाई सुदृढ पार्ने हाम्रा प्रयासहरूलाई हामी एक क्षणका लागि पनि रोक्ने छैनौं ।’

उनले वार्ता सघन भएको थपे र सहजीकरण गरिदिएकोमा पाकिस्तानलाई धन्यवाद दिए ।